अब 'क्लाउड' का सामग्रीमा अदृश्य वाटरमार्क: लेखिएका टेक्स्टदेखि सम्पादन गरिएका फाइलसम्मै पहिचान हुने
techpana.com · Wed Aug 12 08:27:22 GMT 2026

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जना गरिएको सामग्री पहिचान गर्न सहज बनाउने उद्देश्यले एन्थ्रोपिकले क्लाउड (Claude) एआई बाट तयार पारिएको सामग्रीमा मेसिनले मात्र पढ्न सक्ने अदृश्य ‘वाटरमार्क’ थप्ने भएको छ ।
युरोपियन युनियनको एआई ऐन कार्यान्वयनमा आएपछि एन्थ्रोपिकले यो कदम चालेको हो । एन्थ्रोपिकले उक्त ऐनको धारा ५०(२) अन्तर्गतको एआईबाट सिर्जित सामग्रीको पारदर्शितासम्बन्धी आचारसंहितामा हस्ताक्षर गरेको छ । यो एआईबाट तयार पारिएको सामग्री पहिचान गर्न सहज बनाउने उद्देश्यले तयार गरिएको स्वैच्छिक ढाँचा हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)