तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल
ratopati.com · Wed Aug 12 08:37:15 GMT 2026

तनहुँ । तनहुँमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित ग्यास उद्योग तथा सङ्घीय निकायसँग समन्वय गरी आपूर्ति बढाउन पहल गरेको छ । जिल्लाका विभिन्न स्थानमा ग्यासको अभाव देखिन थालेपछि प्रशासनले उद्योगसँग प्रत्यक्ष समन्वय गर्दै तत्काल आपूर्ति बढाउन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार देवघाट क्षेत्रमा ग्यासको अभाव भएको जानकारी प्राप्त भएपछि चितवनमा रहेको सम्बन्धित ग्यास उद्योगमा फोन गरी जिल्लामा ग्यासको आपूर्ति बढाउन आग्रह गरिएको छ । उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन उद्योगसँग आवश्यक समन्वय गरिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)