प्रतिनिधिसभामा कोरम नपुगेको विषय राष्ट्रिय सभामा उठ्यो
onlinekhabar.com · Wed Aug 12 08:37:06 GMT 2026

२७ साउन, काठमाडौं । प्रतिनिधिसभामा कोरम (गणपूरक संख्या) नपुगेको विषय राष्ट्रिय सभामा उठेको छ । यसलाई संसद्प्रति सांसदहरूको प्रतिबद्धतासँग जोडेर नेपाली कम्युनिस्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले विषय उठाएकी हुन् ।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद गैरेले भनिन्, ‘प्रतिनिधिसभामा एकल बहुमतको सरकार चलिरहेको छ । तर आफ्नै बहुमत हुँदा पनि गणपूरक संख्या नपुगेर बैठक स्थगित भएको खबर हामीले सुन्नुपर्यो ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)