तनहुँमा ग्यास अभावपछि प्रशासन सक्रिय, आपूर्ति बढाउन उद्योग र मन्त्रालयसँग समन्वय
bishowkhabar.com · Wed Aug 12 08:46:15 GMT 2026

काठमाडौं– तनहुँका विभिन्न स्थानमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित ग्यास उद्योग र सङ्घीय निकायसँग समन्वय गरी आपूर्ति बढाउन पहल गरेको छ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार देवघाट क्षेत्रमा ग्यास अभाव भएको जानकारी प्राप्त भएपछि चितवनस्थित सम्बन्धित ग्यास उद्योगसँग प्रत्यक्ष सम्पर्क गरी तनहुँमा आपूर्ति बढाउन आग्रह गरिएको हो। उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन उद्योगसँग आवश्यक समन्वय गरिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)