नेटफ्लिक्सको रकम दुरुपयोग गरेको आरोपमा हलिउड निर्देशक कार्ल एरिक रिन्शलाई जेल सजाय
newsofnepal.com · Tue Jun 30 10:25:24 GMT 2026

हलिउड निर्देशक कार्ल एरिक रिन्शलाई नेटफ्लिक्सबाट प्राप्त करिब १ करोड १० लाख अमेरिकी डलर दुरुपयोग गरेको मुद्दामा अमेरिकी अदालतले साढे दुई वर्षको जेल सजाय सुनाएको छ।
‘४७ रोनिन’ चलचित्रका निर्देशकका रूपमा परिचित ४८ वर्षीय रिन्शमाथि विज्ञान–कथामा आधारित टेलिभिजन शृङ्खलाको निर्माणका लागि दिइएको रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको थियो। अदालतले उनलाई सङ्घीय ठगी तथा अवैध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा दोषी ठहर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)