निर्वाचन प्रहरीको पोसाक खरिदमा सङ्गठनको संलग्नता छैन : सशस्त्र प्रहरी महानिरीक्षक
ratopati.com · Wed Aug 12 09:13:47 GMT 2026

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले निर्वाचन प्रहरीको पोसाक खरिदमा सङ्गठनको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । बुधवार सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै महानिरीक्षक पौडेलले निर्वाचनका लागि भर्ना गरिएका जनशक्तिको पोसाक खर्च सिधै उनीहरूको बैङ्क खातामा पठाइएकाले यसमा अनियमितताको कुनै सम्भावना नरहेको बताए ।
महानिरीक्षक पौडेलका अनुसार आगामी २०८२ फाल्गुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि सशस्त्र प्रहरीले ३६ हजार ९ सय नियमित जनशक्तिका अतिरिक्त १५ हजार निर्वाचन प्रहरी (म्यादी) छनोट गर्ने म्यान्डेट प्राप्त गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)