सेकेन्डले बाँचेको जीवन
gorkhapatraonline.com · Mon Aug 31 23:52:05 GMT 2026

“टिमुरे बजारमा पुगेर खाजा खाने योजना बनाएका थियौँ तर केही मिनेटपछि त्यही बाटो युद्धभूमि जस्तो देखियो । चारैतिर धुलोको मुस्लो, मानिसको चिच्याहट, भागदौड र कोलाहल थियो । त्यो क्षण सम्झँदा अहिले पनि शरीर सिरिङ्ग हुन्छ ।”
रसुवाको विनाशकारी बाढीबाट जोगिएका सेवानिवृत्त सैनिक राजेन्द्र थापाले सुनाएको यो अनुभव केवल एक व्यक्तिको कथा होइन, बाढीको कहरले मृत्युको मुखबाट फर्किएका सयौँ मानिसको साझा पीडा हो । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीले घर, सडक, पुल र बजार मात्र बगाएन, मानिसहरूको मनमा जीवनभर नमेटिने त्रास पनि छोडेको उहाँले उल्लेख गर्नुभयो । “मैले पहिलो पटक जीवन र मृत्युबिचको दुरी कति छोटो हुन्छ भन्ने अनुभूति पाएँ,” थापाले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)