गर्मी सहन नसकेपछि पङ्खा माग्दै विद्यार्थी आन्दोलनमा
nepalpress.com · Wed Aug 12 09:24:36 GMT 2026

सिरहा । चर्को गर्मीमा कक्षाकोठामा पर्याप्त पङ्खा नभएको भन्दै भगवानपुर गाउँपालिका–१ स्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।
गर्मीका कारण कक्षाकोठामा बसेर पढ्न समस्या भएपछि विद्यालयमा लिखित निवेदन दिँदासमेत माग सम्बोधन नभएको विद्यार्थीहरूको गुनासो छ । समस्या समाधानका लागि विद्यालय प्रशासन र गाउँपालिकाको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता भएपछि आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)