स्मार्ट भेन्डिङ मेसिनसँगै नेपालको खुद्रा बजार डिजिटल रूपान्तरणतर्फ
canadanepal.com · Wed Aug 12 09:22:53 GMT 2026

काठमाडौं - नेपालमा डिजिटल तथा स्मार्ट प्रविधिको प्रयोग बढ्दै गएसँगै खुद्रा व्यापार क्षेत्र पनि परम्परागत प्रणालीबाट आधुनिक र स्वचालित सेवातर्फ अघि बढ्न थालेको छ। उपभोक्ताको बदलिँदो जीवनशैली, समय बचत गर्ने चाहना र सहज किनमेलको बढ्दो मागले स्मार्ट भेन्डिङ मेसिनलाई नेपाली बजारमा नयाँ सम्भावनाका रूपमा स्थापित गर्न थालेको छ।
यसअघि पेय पदार्थ, खाजा तथा दैनिक उपभोग्य वस्तु खरिद गर्न उपभोक्ता परम्परागत पसल तथा म्यानुअल सेवामा निर्भर रहँदै आएका थिए। पछिल्लो समय भने छिटो र सहज रूपमा आफैंले वस्तु छनोट गरी खरिद गर्न सकिने सेल्फ–सर्भिस प्रणालीप्रति आकर्षण बढ्दै गएको छ। यही प्रवृत्तिले स्मार्ट भेन्डिङ मेसिनको प्रयोग विस्तार हुने सम्भावना बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)