युक्रेनद्वारा अर्को रुसी युद्धपोतमा क्षेप्यास्त्र प्रहार !
baahrakhari.com · Fri May 06 17:03:00 GMT 2022
किभ । युक्रेनी अधिकारीले आफ्ना फौजले क्षेप्यास्त्र प्रहार गर्दा रुसको अर्को युद्धपोतमा आगलागी भएको बताएका छन् । आक्रमणका बेला 'दि एडमिरल माकारोभ' नामक युद्धपोत ब्ल्याक सीको स्नेक आइलन्ड नजिक गइरहेको थियो ।
गत महिना युक्रेनी फौजले यसै स्थानमा 'मोस्कभा' नामक युद्धपोत डुबाइदिएको थियो । यदि युक्रेनी दाबीअनुसार एडमिरल माकारोभ पनि क्षतिग्रस्त भएको हो भने रुसलाई गम्भीर धक्का लाग्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)