नेप्सेको सीईओका लागि ८ जनाको आवेदन, अब व्यावसायिक कार्ययोजना मूल्यांकन गरिँदै
ajakoartha.com · Wed Aug 12 10:04:00 GMT 2026

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ८ जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयका अनुसार सीईओ पदका लागि कुल ८ वटा आवेदन परेको हो।
अब आवेदकहरूले पेश गरेको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) को मूल्यांकन गरिने भएको छ। मन्त्रालयका अनुसार विज्ञहरूमार्फत कार्ययोजनाको मूल्यांकन गरिएपछि उत्कृष्ट उम्मेदवारहरूको सर्टलिस्ट तयार गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)