हुलाक सेवालाई आधुनिक बनाउन कानुन संशोधनको माग
himalpress.com · Tue Jun 30 10:30:07 GMT 2026

काठमाडौँ- हुलाक सेवासम्बन्धी कानुन ‘हुलाक ऐन, २०१९’ र नीति समयानुकूल परिवर्तन गर्न अधिकारीहरूले जोड दिएका छन्। हुलाक सेवा विभागले मंगलबार आयोजना गरेको ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’मा अधिकारीहरूले सो धारणा व्यक्त गरेका हुन्।
कार्यक्रममा नेपालमा हुलाक सेवाको रुपान्तरण : सरकारी कुरियर सेवा, व्यावसायिकता र नवप्रवर्तन विषयक कार्यपत्र प्रस्तुत गर्दै पूर्वसचिव सुरेश अधिकारीले हुलाक सेवालाई समयानुकूल अघि बढाउन कानुन र नीतिगत सुधार गर्नुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)