सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष, बिहीबारदेखि देशभर सुपथ मूल्य पसल
bishowkhabar.com · Wed Aug 12 10:19:10 GMT 2026

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ । कम्पनीको सातौँ वार्षिकोत्सवको अवसर पारेर उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले बिक्री कक्ष सञ्चालन गर्न लागिएको हो । उक्त बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले बिहीबार उद्घाटन गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ।
कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार सिंहदरबारभित्र सञ्चालनमा आउने बिक्री कक्षबाट उपभोक्ताले कम्पनीका सम्पूर्ण उत्पादन सर्वसुलभ दरमा प्राप्त गर्न सक्नेछन् ।कम्पनीले चामल, दाल, तेल, चिनी, नुनका साथै स्थानीय बाली चिनो, कागुनो, फापर, सिमी लगायतका खाद्यवस्तु बिक्री गर्दै आएको छ । यसैबीच, कम्पनीले बिहीबारदेखि देशभर सुपथ मूल्य पसल पनि सञ्चालन गर्ने भएको छ। सूचना अधिकारी मिश्रका अनुसार ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)