कमलले विश्वासको मत लिने पत्र संसद् पुगेपछि नेकपाले बोलायो दलको बैठक
nepalpress.com · Wed Aug 12 11:04:39 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि भन्दै सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन् । योसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक आह्वान गरेको छ।
मुख्यमन्त्री शाहले भोलि साँझ ५ बजे प्रदेशसभाको बैठक बोलाउन आग्रह गर्दै सभामुखलाई पत्र पठाएका हुन् । त्यसलगत्तै नेकपा संसदीय दलको बैठक पनि आह्वान गरिएको हो । संसदीय दलको बैठक भोलि दिउँसो ३ बजे बस्ने उपनेता प्रकाश रावलले जानकारी दिए । उनका अनुसार बैठकले मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेकाले विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)