बाढी प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनामा सरकार दृढताका साथ लागेको छः प्रधानमन्त्री शाह
barnanmedia.com · Mon Aug 31 23:57:22 GMT 2026

-भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ दिन प्रधानमन्त्री बालेन शाहले विपद्पछिको खोज, उद्धार, राहत तथा व्यवस्थापनको काम चुनौतीपूर्ण भए पनि सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका कारण बाढीबाट भएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण सङ्कलन गर्न कठिन भइरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)