ग्यास अभावले नागरिकको भान्सा कष्टकर बन्याे -सांसद राई
kendrabindu.com · Wed Aug 12 11:16:14 GMT 2026

काठमाडौं । राष्ट्रिय सभाकी सांसद जयन्ती देवी राईले बजारमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद राईले ग्यासको कृत्रिम अभावका कारण सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको बताइन् । एउटै ग्यास सिलिन्डरमा निर्भर नागरिकसँग तत्काल विकल्प नभएको भन्दै उनले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, विद्यार्थी तथा न्यून आय भएका परिवार थप समस्यामा परेको उल्लेख गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)