नेपाल वायुसेवा निगमले गौतमबुद्ध विमानस्थलमा सहचालक पाइलटको आधार प्रशिक्षण उडान सुरु गर्यो
bishowkhabar.com · Wed Aug 12 11:18:23 GMT 2026

काठमाडौं– नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ सहचालक पाइलटहरूका लागि आधार प्रशिक्षण उडान सुरु गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बुधबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनबमोजिम प्रशिक्षण उडान सञ्चालन गरिएको हो ।
विमानस्थलका प्रवक्ता इन्जिनियर कुमार सुजखुले निगमले आफ्नो एउटा जहाजको सञ्चालन आधार गौतमबुद्ध विमानस्थलमा राख्ने तयारीस्वरूप नयाँ सहचालक पाइलटहरूलाई प्रशिक्षण दिइरहेको जानकारी दिए । विमानस्थलका अनुसार एयरबस ३२० विमानमार्फत धावनमार्गमा उडान र अवतरणको प्रयोगात्मक अभ्यास गराइनेछ । बुधबारदेखि सुरु भएको प्रशिक्षण उडान भदौ ३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)