चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको ९७ वर्षको उमेरमा निधन
ratopati.com · Wed Aug 12 11:38:40 GMT 2026

काठमाडाैँ। चीनका पूर्वप्रधानमन्त्री तथा देशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेका झु रोङजीको ९७ वर्षको उमेरमा निधन भएको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार झुको बुधबार बिहान बेइजिङमा निधन भएको हो।
झु सन् १९९८ देखि २००३ सम्म चीनको प्रधानमन्त्री थिए । बजारमुखी आर्थिक सुधार, निजी क्षेत्रको विस्तार र वश्व अर्थतन्त्रसँग चीनको एकीकरणलाई अघि बढाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । उनी चीनको ‘आर्थिक जार’ भनेर चिनिन्थे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)