सिड्नीमा गुञ्जियो रामकृष्ण ढकालको स्वर, दर्शकको आग्रहमा गाए नारायण गोपालका कालजयी गीत
kalakarmi.com · Wed Aug 12 11:41:30 GMT 2026

काठमाडौं- नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको अष्ट्रेलियाको सिड्नीमा आयोजित ‘रामकृष्ण ढकाल साँझ विद लाइभ म्युजिक’ भव्य रूपमा सम्पन्न भएको छ। च्यारिटीको उद्देश्यसहित आयोजित कार्यक्रममा अपेक्षाभन्दा बढी दर्शकको सहभागिता रहेको आयोजकले जनाएको छ।
A to Z Cleaning Supplies र RFM Facility Managementको प्रस्तुतिमा तथा Mount Pumori Eventsको आयोजनामा सिड्नीस्थित ग्राण्ड प्यालेस रिसेप्सन, अबर्नमा सम्पन्न कार्यक्रमबाट उठेको सहयोग सडकका कुकुरहरूको संरक्षण तथा कल्याणका लागि प्रयोग गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)