विद्युतीय सवारी उत्पादनमा अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै
aarthiknews.com

काठमाडौं । चीनमा आन्तरिक सवारी बजारको माग सुस्त हुनु र युरोप तथा उत्तर अमेरिकामा व्यापारिक अवरोध बढ्दै गएपछि चिनियाँ अटोमोबाइल कम्पनीहरूले अफ्रिकालाई विद्युतीय सवारी साधन (ईभी) उत्पादनको नयाँ गन्तव्य बनाउन थालेका छन्।
चीनको सबैभन्दा ठूलो अटो निर्यातकर्ता चेरीले दक्षिण अफ्रिकामा निसानको पूर्वकारखाना खरिद गरेपछि अफ्रिकामा चिनियाँ कम्पनीको ईभी उत्पादनप्रतिको चासो थप बढेको हो। चेरीले प्रिटोरियानजिकै रहेको रोस्लिन कारखानामा जेटोर ब्रान्डअन्तर्गत प्लग–इन हाइब्रिड तथा ब्याट्रीबाट चल्ने विद्युतीय सवारी उत्पादन गर्ने योजना बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)