दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश
rajdhanidaily.com · Wed Aug 12 12:06:12 GMT 2026

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बुधबार दुवैलाई थुनामा पठाउने आदेश दिएको हो ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा थुनामा रहेका भट्ट र अग्रवाललाई बुधबार अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो । दुवैको बयान र थुनछेक बहसपछि अदालतले थुनामा पठाउने आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)