चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा : एकै दिन पर्ने बहुविषयहरूमा एकभन्दा बढी आवेदन दिन नपाइने
ratopati.com · Wed Aug 12 12:08:23 GMT 2026

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि कार्यक्रमगत दैनिक समय तालिका सार्वजनिक गरेको छ । आयोगले यसअघि प्रकाशित सूचनामा परीक्षा समय तालिका समेट्न छुटेकाले पाँच दिनसम्म सञ्चालन हुने परीक्षाको दैनिक तालिका थप स्पष्ट पार्दै यो सूचना जारी गरेको हो।
यसअघि प्रकाशित सूचनामा परीक्षाको दैनिक समय तालिका नखुलेकाले अन्योलमा परेका विद्यार्थीहरूका लागि आयोगले पाँच दिने परीक्षा तालिका सार्वजनिक गर्दै यो कडाइ गरेको हो। तालिका अनुसार पहिलो दिन एमबीबीएस, दोस्रो दिन बीडीएस, तेस्रो दिन बीएससी नर्सिङ–मिडवाइफ्री, चौथो दिन बीएएमएस, बीएमएस, बी फार्मेसीलगायतका विषय र पाँचौँ दिन बीपीएचको परीक्षा तय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)