‘युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता’
reportersnepal.com · Wed Aug 12 12:06:39 GMT 2026

काठमाडौँ, २७ साउन । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवाको ज्ञान, सीप र क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय युवा परिषद्ले अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले युवा ऊर्जाको सही सदुपयोग गरी राष्ट्रको दीर्घकालीन विकासमा साझेदार गराउनु सरकारको उद्देश्य भएको बताए । उनले मन्त्रालय युवाका व्यावहारिक तथा नीतिगत समस्या समाधान गर्न प्रयासरत छ भने ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)