मिस नेवाः ११४६ का प्रतिस्पर्धीले कुमारी मन्दिरमा बाले लाख बत्ती
kalakarmi.com · Tue Jun 30 10:44:12 GMT 2026

काठमाडौं- नेप्लीज फेसन होमको आयोजनामा राजधानमिा हुने नेवार समुदायका सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता १९औँ मिस नेवा नेपाल ११४६ का सहभागी २१ जना प्रतियोगीहरूको उज्ज्वल भविष्य, सफल जीवनयात्रा तथा विश्वमा सुख, शान्ति, समृद्धि र सद्भाव कायम रहोस् भन्ने कामनासहित कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन गरिएको छ ।
कार्यक्रममा प्रतियोगीहरूको व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण मानव समुदायमा सकारात्मक ऊर्जा, सहअस्तित्व र मानवीय मूल्यहरूको प्रवद्र्धन हुने विश्वासका साथ श्रद्धापूर्वक दीप प्रज्वलन गरिएको आयोजकले जनाएका छन् । आध्यात्मिक आस्था र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सम्पन्न कार्यक्रममा मिस नेवा नेपालका २१ प्रतियोगी, उनीहरूका अभिभावक, पूर्व मिस नेवा नेपाल प्रलिशा शाक्य, सकिना महर्जन र कृषा महर्जन, मिस नेवा सोसियल वेल्फेयर एम्बासडर तिमिला महर्जन, संस्थाका सल्लाहकार डा. बिमला शाक्य तथा फाइट फर लाइफ नेपालका सदस्यहरूको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)