अब देशभर सरकारी कार्यालयमा एउटै ढाँचाको निवेदन, अनलाइनबाट समेत दिन सकिने व्यवस्था मिलाउनुपर्ने
techpana.com · Wed Aug 12 12:11:01 GMT 2026

काठमाडौं । सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेस गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन पहल सुरु गरेको छ । यसका लागि ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले देशभरका सङ्घीय, प्रदेश र स्थानीय तहका सबै निकायहरूलाई यसको अनिवार्य कार्यान्वयनका लागि निर्देशन समेत दिएको छ ।
यो नयाँ व्यवस्था लागु भएसँगै अब नागरिकले सरकारी कार्यालयपिच्छे फरक-फरक शैलीमा निवेदन लेख्नुपर्ने झन्झट र अन्योल अन्त्य हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । सार्वजनिक सेवालाई सरल, सहज र नागरिकमैत्री बनाउने उद्देश्यका साथ सरकारले देशैभरका सरकारी निकायहरूमा निवेदनको ढाँचामा एकरूपता ल्याउन यो कदम चालेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)