खरायोको गतिमा सवारी साधन भित्रिए पनि पूर्वाधार व्यवस्थापन कछुवाको गतिमा भयोः व्यवसायी थापा
nepalpress.com · Wed Aug 12 12:24:28 GMT 2026

काठमाडौं । नाडा पूर्व अध्यक्ष तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुवबहादुर थापाले नेपालमा सवारी साधनको आयात तीव्र गतिमा भइरहेपनि सडक तथा यातायात पूर्वाधार निर्माण भने सुस्त गतिमा भइरहेको बताएका छन् ।
बुधवार नेपाल ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा बोल्दै थापाले सवारी साधनको सङ्ख्या बढ्नु मात्रै समस्या नभएको भन्दै उनले त्यसअनुसार सडक, पार्किङ, ट्राफिक व्यवस्थापनलगायतका पूर्वाधार विकास गर्न नसक्नु मुख्य चुनौती रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)