नेपालमा पहिलो पटक सोलो पर्फमेन्स गर्न पाउँदा उत्साहित दीपा नारायण, भन्छिन्– ‘उदित जीले मेरो हौसला बढाउनु भएको छ’
kalakarmi.com · Wed Aug 12 12:56:23 GMT 2026

काठमाडौं– यो वर्षको तीज आउन अब एक महिना पनि बाँकी छैन, त्यसैले त गाउँदेखि शहरसम्म अहिले एउटा लोकप्रिय गीत सञ्चारमाध्यमदेखि सोसल मिडियासम्म बज्न थालिसकेको छ– ‘तीजको रहर आयो बरिलै’ । नेपाली नारीको विशेष पर्व तीजको सांगीतिक पहिचानसँग जोडिएको यो कालजयी गीत नसुन्ने नेपाली सायदै होलान् । यही लोकप्रिय गीतकी वरिष्ठ गायिका दीपा नारायण झा यसपटक तीजको अवसरमा काठमाडौंमा आफ्ना सदाबहार गीत–संगीतसहित गुञ्जिँदै छिन् ।
भारतको मुम्बईमा रहेर पनि नेपाली गीत–संगीत तथा नेपालीपनसँगको आफ्नो आत्मीय सम्बन्धलाई निरन्तरता दिँदै आएकी दीपा नारायण झा आफ्नै एकल सांगीतिक प्रस्तुतिका लागि पहिलोपटक काठमाडौं आउँदैछिन् । करिब चार दशक लामो गायन यात्रामा नेपाली फिल्म तथा संगीतका थुप्रै लोकप्रिय गीतमा स्वर दिएकी झाका लागि यो कार्यक्रम आफैँमा विशेष छ– किनकि यो उनको काठमाडौंमा पहिलो सोलो सांगीतिक प्रस्तुति हुनेछ । तीजको अवसर पारेर भदौ २० गते शनिवार काठमाडौंको बाँसबारीस्थित रमालय भेन्युमा ‘तीजको रहर आयो बरिलै’ शीर्षकमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)