कृषि केन्द्रीय संघ, साना किसान विकास लघुवित्त र डीडीसीबीच त्रिपक्षीय सम्झौता
lokaantar.com

नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र दुग्ध विकास संस्थानबीच दूध खरिदबिक्री गर्नेबारे त्रिपक्षीय सम्झौता भएको छ ।
दुग्ध विकास संस्थान लैनचौरमा भएको सम्झौताअनुसार आगामी भदौ १ गतेदेखि केन्द्रीय संघ र साना किसान विकास लघुवित्त वित्तीय संस्थाका साझेदार दुग्ध उत्पादक सहकारी संस्था एवं सदस्य किसानहरूले १५ हजार दूध दैनिक डीडीसीलाई उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)