बुबाको निधनपछि भावुक बने मेसी, भने– तपाईं हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न सकिरहेको छैन
nepalpress.com · Wed Aug 12 13:05:39 GMT 2026

काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्ना बुबाको निधनपछि पहिलोपटक भावुक सन्देश लेखेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै आफूले अब कसरी अघि बढ्ने भन्ने नै थाहा नभएको बताएका छन्।
मेसीले लेखेका छन्, ‘बुबा, तपाईं अब हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न सकिरहेको छैन। अब तपाईंलाई देख्न पाउँदिनँ, तपाईंसँग कुरा गर्न पाउँदिनँ भन्ने पनि विश्वास लागिरहेको छैन। तपाईं पीडामा हुनुहुन्थ्यो भन्ने मलाई थाहा छ र त्यो पीडा अन्त्य हुनु नै राम्रो कुरा थियो। तर तपाईंले हामीलाई धेरै छिट्टै छाड्नुभयो। हामीसँग अझै धेरै कुरा सँगै रमाउन बाँकी थियो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)