‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’को ११औँ संस्करण हुँदै
arthadabali.com · Wed Aug 12 13:16:31 GMT 2026

काठमाडौँ / रिलायन्स शैक्षिक सञ्जालको आयोजनामा ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’को ११औँ संस्करण यही साउन २८ देखि ३१ गतेसम्म काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आयोजना हुने भएको छ।
२०७२ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको सम्मेलनमा देशका विभिन्न जिल्लाबाट १३ देखि १८ वर्ष उमेर समूहका करिब २०० विद्यार्थी सहभागी हुनेछन्। सम्मेलनमा सहभागी विद्यार्थीले संयुक्त राष्ट्रसंघीय कार्यप्रणालीको अभ्यास गर्दै कूटनीतिक क्षमता, नेतृत्व तथा समस्या समाधानसम्बन्धी सीप विकास गर्ने अवसर पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)