बाल सुधारगृहको विस्तृत अवस्था प्रतिवेदन पेस गर्न निर्देशन
nagariknews.nagariknetwork.com · Wed Aug 12 13:26:57 GMT 2026

प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले देशभर सञ्चालनमा रहेका बाल सुधार गृहको भौतिक पूर्वाधार, क्षमता, जनशक्ति तथा बालबालिकाको अवस्था समेटिएको विस्तृत प्रतिवेदन ४५ कार्यदिनभित्र पेस गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।
बुधबार सिंहदरबारस्थित समितिमा भएको बैठकले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई अन्य सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरी उक्त प्रतिवेदन तयार गर्न निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)