मञ्च र प्लाजा होटल्स ग्रुपबीच एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८२ को सहप्रायोजन सम्झौता
neplays.com · Wed Aug 12 13:54:00 GMT 2026
काठमाडौं। खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ को २३औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्लाजा होटल्स ग्रुपसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ।
सहप्रायोजनका लागि मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र प्लाजा होटल्स ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। स्पोर्ट्स अवार्ड आगामी भदौ १८ गते प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना हुँदै छ। अवार्डअन्तर्गत नौ विधाको मनोनयन हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)