मुख्यमन्त्री बानियाँले गरे सरकारबारे ब्रिफिङ
kendrabindu.com · Wed Aug 12 13:59:25 GMT 2026

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारबारे ब्रिफिङ गरेका छन् । बानियाँले पार्टी केन्द्रीय कार्यालयमा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस नेतृत्वको बागमती प्रदेश सरकार र वर्तमान परिस्थितिबारे ब्रिफिङ गरेका हुन् ।
बैठकमा मुख्यमन्त्री बानियाँले प्रदेशको ठूलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहेकोमा सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिए पछि अल्पमतमा परेको परिस्थितिबारे अवगत गराएका छन् । उनले हालको प्रदेशसभाको अंकगणित अनुसार बहुमतका लागि चाहिने संख्या कसैले पनि पुर्याउन नसकेको बताए । हाल नेकपा एमाले र नेकपाबीच सरकार गठनका लागि गठबन्धन भएपनि प्रदेशसभामा रहेका राप्रपा र नेमकिपाले कतै समर्थन नगरेको र कांग्रेस नेतृत्वको सरकारमा समावेश भइसकेकाले बहुमत पुग्न नसक्ने अवस्था रहेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)