एनसेल-स्मार्ट टेलिकममा ९६ अर्ब बिगो, २२ जनाविरुद्ध मुद्दा
nepalnews.com · Wed Aug 12 14:07:01 GMT 2026

स्मार्ट टेलिकमको लिलामीसँग जोडिएको प्रकरणमा ९६ अर्ब १२ करोड १७ लाख रुपैयाँ बिगो दाबी गर्दै २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवडाका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले बुधबार अभियोगपत्र दर्ता गरेको हो।
मुद्दामा स्मार्ट टेलिकम, एनसेल र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकसमेतलाई प्रतिवादी बनाइएको छ। ती संस्थाका पदाधिकारी, सात विदेशी नागरिकलगायतविरुद्ध आपराधिक विश्वासघात तथा ठगी, संगठित अपराध र बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनअन्तर्गत अभियोग लगाइएको खतिवडाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)