सिंहको ह'त्या कि भवितव्य !
nagariknews.nagariknetwork.com · Wed Aug 12 14:22:45 GMT 2026

, साउन २७ । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको मृत्युको घटना रहस्यमय बनेको छ। गत साउन २४ गते गोरुसिंगे जंगलको घना झाडीभित्र मृत अवस्थामा फेला परेका ६५ वर्षीय सिंहको मृत्यु हत्या वा भवितव्य के हो भन्ने अझै स्पष्ट हुन सकेको छैन।
सिंह गत शुक्रबार दिउँसो करिब १:३० बजे कपिलवस्तु नगरपालिका–३ देववगढियास्थित घरबाट गोरुसिंगेको ढेकरीमा रहेको आफ्नो व्यावसायिक फर्मतर्फ गएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। शुक्रबार दिउँसो ३:३१ देखि साँझ ५:४५ बजेसम्म उनी विभिन्न व्यक्तिसँग फोन सम्पर्कमा थिए। यही सवा २ घण्टाको अवधिमा आखिर के भयो भन्ने प्रश्न अहिले घटनाको मुख्य रहस्य बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)