रातको समयमा कान्ति लोकपथमा यात्रा नगर्न प्रशासनको आग्रह
rajdhanidaily.com · Tue Jun 30 11:02:13 GMT 2026
बागमती । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कान्ति लोकपथ (हेटौँडा–काठमाडौं सडकखण्ड) मा रातको समयमा यात्रा नगर्न र नगराउन सबैमा आग्रह गरेको छ ।
मकवानपुरका प्रमुुख जिल्ला अधिकारी वसन्तराज अधिकारीले आज जारी गर्नुभएको सूचनामा असार १६ र १७ गते बेलुका ५.०० बजेदेखि भोलिपल्ट बिहान ५.०० बजेसम्म कान्ति लोकपथ (हेटौँडा–काठमाडौं सडकखण्ड) हुँदै कुनै पनि प्रकारको यात्रा नगर्न तथा नगराउनुहुन आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)