जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग नेपालको आग्रह, पर्वतीय मुद्दालाई प्राथमिकतामा राख्न जोड
canadanepal.com · Tue Jun 30 11:02:17 GMT 2026

काठमाडौँ - कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट उच्च जोखिममा रहेका मुलुकका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन्। उनले पर्वतीय क्षेत्रसँग सम्बन्धित सवाललाई विश्वव्यापी जलवायु बहसको केन्द्रमा राख्न पनि आग्रह गरेकी छन्।
थाइल्यान्डको राजधानी बैंककस्थित संयुक्त राष्ट्रसंघ सम्मेलन केन्द्रमा संयुक्त राष्ट्रसंघको एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन-एस्क्याप) द्वारा आयोजित ‘पेरिस सम्झौता र दिगो विकास लक्ष्यबीचको सहक्रिया सुदृढीकरण : जलवायु, वातावरण तथा दिगो विकासका लागि एकीकृत कार्यान्वयन’ विषयक सातौँ विश्व सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो धारणा राखेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)