राष्ट्रिय सभा बैठक आज
gorkhapatraonline.com · Tue Sep 01 00:26:53 GMT 2026

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक भदौ १६ गते मङ्गलबार बस्दै छ । ठुलो मानवीय तथा भौतिक क्षति हुने गरी भोटेकोशी नदीमा बाढी आएयता राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्न लागेको हो ।
सङ्घीय संसद् सचिवालयका अनुसार भदौ १६ गतेको बैठकमा सरकारका तर्फबाट राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस हुने छ । सचिवालयका प्रवक्ता एकराम गिरीले मङ्गलबारको बैठकमा शून्य र विशेष समय रहने र त्यसपछि निर्धारित कार्यसूचीमा प्रवेश हुने जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)