ट्रम्पको सुरक्षामा थप कडाइ, गल्फ क्लबमा एयर डिफेन्स, आकाशमा एफ–१६ को पहरा
baahrakhari.com · Wed Aug 12 15:26:53 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा पछिल्लो समय कडाइ गरिएको छ । इरानसँगको तनाव र सुरक्षा जोखिमबीच न्यु जर्सीस्थित उनको बेडमिन्स्टर गल्फ क्लबमा एयर डिफेन्स सिस्टम, राडार र लडाकु विमान परिचालन गरिएको छ ।
ट्रम्प गत आइतबार बेडमिन्स्टर गल्फ क्लबमा आयोजित प्रतियोगिताको अन्तिम चरणमा सहभागी भएका बेला त्यहाँ ‘एभेन्जर सर्ट–रेन्ज एयर डिफेन्स सिस्टम’ र ‘सेन्टिनेल एयर डिफेन्स राडार’ तैनाथ गरिएको देखिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा गल्फ क्लब वरपर तारबार समेत लगाइएको देखिएको द वार जोन डिजिटिल पत्रिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)