१२ बुँदे मागपत्र प्रस्तुत गर्दै सकियो सातौँ नेपाल युवा अधिकार महाभेला
nepalnews.com · Wed Aug 12 15:32:55 GMT 2026

काठमाडौँ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राजधानीमा आयोजित ‘सातौँ नेपाल युवा अधिकार महाभेला’ विभिन्न ५० भन्दा बढी संघसंस्थाहरूको सहकार्यमा भव्य रूपमा सम्पन्न भएको छ। महाभेलाले नेपालको वर्तमान युवा अवस्था, अवसर र चुनौतीलाई सम्बोधन गर्दै राज्यसमक्ष कार्यान्वयनका लागि १२ बुँदे मागपत्र प्रस्तुत गरेको छ।
युथ एड्भोकेसी नेपालको संयोजकत्वमा तथा राष्ट्रिय युवा परिषद्, नेपाल महिला एकता समाज, भीसएओ नेपाल, एक्सन एड नेपाल, गैरसरकारी संस्था महासंघ नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान, वाईएनपीडी, ओरेकलगायत ४० भन्दा बढी संघसंस्थाको सहकार्यमा महाभेला आयोजना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)