विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै
reportersnepal.com · Wed Aug 12 15:54:15 GMT 2026

काठमाडौं, साउन २७ । चिनियाँ अटो निर्माता चेरीले दक्षिण अफ्रिकामा निसानको पूर्वकारखाना खरिद गरेपछि अफ्रिकामा विद्युतीय सवारी साधन (ईभी) उत्पादनतर्फ चिनियाँ कम्पनीहरूको चासो बढेको देखिएको छ ।
चीनमा सवारी साधनको आन्तरिक माग सुस्त हुनुका साथै युरोप र उत्तर अमेरिकामा व्यापारिक अवरोध बढिरहेका बेला चिनियाँ अटोमेकरले अफ्रिकालाई नयाँ बजारका रूपमा हेर्न थालेका हुन्। विश्लेषकका अनुसार स्थानीय उत्पादनले रोजगारी सिर्जना, आपूर्ति शृङ्खलाको विकास र विद्युतीय सवारीको प्रयोग विस्तारमा योगदान पुर्याउन सक्छ। यद्यपि कमजोर पूर्वाधार र नीतिगत अनिश्चितता प्रमुख चुनौतीका रूपमा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)