राहत र उद्धारमा ध्यान पुर्याउनुपर्ने कुरा
annapurnapost.com · Tue Sep 01 00:22:00 GMT 2026

भोटेकोशी नदीले ल्याएको प्रलयका बेला देश, विदेशका नेपालीमा ऐक्यबद्धता देखिन्छ। सबै आआफ्नो ठाउँबाट सद्भाव र सहयोग जुटाउन तत्पर छन्। सरकार आफैंले उद्धार र राहतका कार्यक्रम गर्ने भनेर एकद्वार प्रणाली भनिरहेको छ। जो कसैले राहत संकलन नगर्न भनेको छ। जति पैसा सहयोग गर्ने हो प्रधानमन्त्री राहत कोषमा सीधै दाखिला गर्न भनेको छ। सरकारप्रतिको विश्वास कति भने ५ दिनभित्रै ७ अर्ब रुपैयाँ उक्त कोषमा जम्मा भइसकेको छ। सरकारले सहायता सम्मेलन गर्ने तयारीको गृहकार्य पनि थालेको छ। तर, दातृसंस्था र राष्ट्रहरूबाट पनि त्यसअघि नै सहयोग घोषणा भएको छ।
प्राकृतिक विपत्तिका बेला सरकारी राहत कोषमा नेपालीहरूले देशविदेशबाट जति ७ अर्ब रुपैयाँ जम्मा गर्नु चानेचुने होइन। यो सरकारमाथिकै भरोसा हो। तर, सरकारले भने त्यो पैसाबाट फुट्टीकौडी खर्चेर राहत बाँडेको छैन, अर्थात् रसुवा, नुवाकोट र धादिङका प्रभावितकहाँ राहत पुगेको छैन। यही पारा हुन्छ भनेरै निजी क्षेत्रबाट वा विभिन्न संघ–संस्था र व्यक्तिले पनि स्वस्फूर्त सहयोग गर्न पाउनुपर्छ भन्ने धारणा उठेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)