गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
nagariknews.nagariknetwork.com · Tue Jun 09 01:01:41 GMT 2026

अन्नपूर्ण गाउँपालिका–३ दानाको तितरमा सोमबार गाडी दुर्घटना हुँदा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते भएका छन्।
जोमसोमदेखि बेनीतर्फ आउँदै गरेको बा१९च ५६०२ नम्बरको स्कोर्पियो जिप ओरालो सडकमा ‘ब्रेक’ फेल भइ सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो। गाडीमा सवार आठ जनामध्ये दुर्घटनामा परी घाइते भएका पाँच जनालाई प्रदेश अस्पताल बेनीमा ल्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)