आफ्नै निकटस्थ ‘असल’लाई किन पार्टीबाट निकाले विप्लवले?
himalpress.com · Tue Jun 09 01:24:15 GMT 2026

काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले एक नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै संगठन अधिवेशन आयोजक समितिका सदस्य चन्द्र खड्का (असल)लाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएका छन् ।
असलले पार्टीको नीति र विधि विपरीत जेठ २४ गते ‘वाम–लोकतान्त्रिक युवा अभियान’ नामको छुट्टै मोर्चा निर्माण गरेको र स्वयंले पनि फोनमार्फत उक्त कुराको जानकारी गराएपछि उनलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)