सिटी स्क्यान खरिदमा कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको 'सेटिङ'
swasthyakhabar.com · Wed Jan 03 16:58:32 GMT 2024
काठमाडौं- कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले एउटा मात्र कम्पनीसँग मिल्ने गरी सिटी स्क्यान खरिद प्रक्रियामा सेटिङ गरेको तथ्य फेला परेको छ। केन्द्रले १२८ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन खरिदका लागि लक स्पेसिफिक बनाएर मिलेमतो गरेको तथ्य फेला परेको हो।
केन्द्रले मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि झण्डै साढे सात करोड रुपैयाँमा खरिद गर्न लागेको सिटी स्क्यान मेसिनका लागि व्यापारीसँग मिलेमतो गरेको पाइएको हो। केन्द्रले एक्सिस मेडिबिज प्राली नामक एक सप्लायर्स कम्पनीसँग मिलेमतो गरेर सोही अनुसार उसको मात्र सिटी स्क्यान खरिद गर्न मिल्ने गरी लक स्पेक बनाएको विवरण स्वास्थ्यखबरले प्राप्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)