यती एअरलाइन्सको चार्टर उडानमार्फत नेपाल आइपुगे सद्गुरु
corporatenepal.com · Wed Aug 12 16:30:44 GMT 2026

काठमाडौं । आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव आज दिल्लीबाट विशेष चार्टर उडानमार्फत नेपाल आइपुगेका छन् । उनको नेपाल आगमनका लागि यती एअरलाइन्सको एटीआर विमान आज नयाँ दिल्ली पुगेको थियो ।
सद्गुरुको नेपाल आगमनमा यती एअरलाइन्ससँगको चार्टर उडान सहकार्यले यस वर्ष पनि निरन्तरता पाएको छ । सद्गुरु हरेक वर्ष नेपाल भ्रमणमा आउँदा यती एअरलाइन्सको चार्टर सेवामार्फत यात्रा गर्दै आएका छन् । यस वर्ष पनि उनको नेपाल आगमनका लागि यती एअरलाइन्सको एटीआर विमानमार्फत विशेष उडान सञ्चालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)