बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
ratopati.com · Tue Sep 01 00:36:00 GMT 2026

धनगढी । भदौ १० गते त्रिशूलीको थ्री–ए जलविद्युत आयोजनाको सुरुङमा सरिया (फलामे डण्डी) मिलाउने काम गर्दै थिए कैलालीको भजनी नगरपालिका–१ का २५ वर्षीय सन्तोष चौधरी । उनी त्यहाँ गएको एक महिना १० दिन भएको थियो ।
भदौ १० गते बिहान सुरुङभित्रै काम गरिरहेको अवस्थामा एक्कासि ठुलो हावाहुरी चलेको जस्तो भयो । उनीसँगै काम गर्ने एक जना चिनियाँ नागरिक ‘के भएको रहेछ, म हेरेर आउँछु’ भन्दै गाडी लिएर बाहिर निस्किए । सन्तोष र उनका साथीहरू भने सुरुङभित्रै काम गरिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)