सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ
ratopati.com · Wed Aug 12 16:56:07 GMT 2026

काठमाडौँ । प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली कागजात तयार पारेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गौरीगञ्जका सन्दीप कार्की, अर्घाखाँचीकी सङ्गीता मगर र नुवाकोटकी अङ्किता नेपाल रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौँ पुतलीसडकस्थित एक कन्सल्टेन्सीमा सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली कागजात तयार पारेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)