सुत्केरीसहित दुई जनाको हवाई उद्धार
ratopati.com · Wed Aug 12 17:06:47 GMT 2026

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा नेपाली सेनाको हेलिकप्टर निःशुल्क व्यवस्था गरी दुवै जनालाई समयमै सुविधा सम्पन्न स्वास्थ्य संस्थामा पुर्याइएको हो ।
प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरका अनुसार थुलुङ दूधकोशी गाउँपालिका–७ की ३८ वर्षीया शारदा बस्नेतलाई प्रसूति जटिलता देखिएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित थापाथली प्रसूति गृह लगिएको हो । बस्नेत गत सोमबार जिल्ला अस्पताल फाप्लुमा भर्ना भएकी थिइन् । उनले बुधबार बिहान ७ः०० बजे बच्चा जन्माए पनि स्वास्थ्यमा जटिलता देखिएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)