पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’
reportersnepal.com · Wed Aug 12 17:46:50 GMT 2026

काठमाडौं, साउन २७ । प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गदैै अशोभनीय टिप्पणी गरेकी छन् । समाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी सार्वजनिक गर्दै उनले पत्रकार श्रेष्ठलाई सरकारले पक्राउ गरेर ठीक गरेको प्रतिक्रिया दिएकी छिन् । उपसभामुख ठाकुरले
पत्रकारिताको भेषमा श्रेष्ठले महिलाहरुलाई आत्महत्या गर्न बाध्य पारिरहेको आरोपसमेत लगाउदै लेखेकी छिन्, ‘यो श्रीसा कार्की लाई आत्महत्या गराउने र कयौं युवतीलाई आत्महत्या दुरुत्साहन गर्ने पत्रकारको भेषमा राक्षस नै हो । यसले कयौं महिला दिदिबहिनीको चरित्र हत्या गरेको छ । यसको जनआस्था पत्रकार आचार संहिता विपरीत रहेको छ । यो राक्षस लाई के भन्ने ???? ’ यद्यपि उनले यो पोष्ट अहिले हटाइसकेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)